आज आकाश रोइरहेछ
जून हिजै हराइरहेछ
आज आकाश रोइरहेछ
जून हिजै हराइरहेछ
बादल आँशु बर्साइरहेछ
जीवन यसै अल्झिरहेछ
आज आकाश रोइरहेछ
आशा कति अभिलाषा कति
चुर भई गए थिए जति
आशा कति अभिलाषा कति
चुर भई गए थिए जति
भावी यति नै निष्ठुरी बनि
चुड्यो सबै मुटु नै पनि
भावी यति नै निष्ठुरी बनि
चुड्यो सबै मुटु नै पनि
आज आकाश रोइरहेछ
अब कहाँ देखुँला तिमी
धर्ती आकाश कहाँ छौ तिमी
अब कहाँ देखुँला तिमी
धर्ती आकाश कहाँ छौ तिमी
कहिले कहाँ लग्यो उसै
यो भावीले ढाट्यो मलाई यसै
कहिले कहाँ लग्यो उसै
यो भावीले ढाट्यो मलाई यसै
आज आकाश रोइरहेछ
जून हिजै हराइरहेछ
बादल आँशु बर्साइरहेछ
जीवन यसै अल्झि रहेछ
आज आकाश रोइरहेछ
शब्दः आर. कटुवाल
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल