बतासिने मन मेरो तिम्रो पिरतिले
छेकिदेऊ रोकिदेऊ
म तिम्रो सासभरि सपनाभरि
सुवाषसँगै सजी दिऊँला
छेकिदेऊ रोकिदेऊ
छेकिदेऊ रोकिदेऊ
बतासिने मन मेरो तिम्रो पिरतिले
म भित्रको खलबल सँगै
जीवन होइन मृत्यु हाम्रो
म भित्रको खलबल सँगै
जीवन होइन मृत्यु हाम्रो
त्यसैले त आज मलाई
तिमी जस्तो आकाश चाहियो
तिमी जस्तो आकाश चाहियो
छेकिदेऊ रोकिदेऊ
म तिम्रो ओठभरि आँखाभरि
आशिष सँगै बसी दिऊँला
छेकिदेऊ रोकिदेऊ
छेकिदेऊ रोकिदेऊ
बतासिने मन मेरो तिम्रो पिरतिले
चोट लागि लड्न खोज्दा
दुखाई आई थामी दिन्छ
चोट लागि लड्न खोज्दा
दुखाई आई थामी दिन्छ
सुस्केरामा आँशुहरू
परेलीमा सुसाइ दिन्छ
परेलीमा सुसाइ दिन्छ
छेकिदेऊ रोकिदेऊ
म तिम्रो मनभरि तिमीभरि
मुस्कान भई बसि दिऊँला
छेकिदेऊ रोकिदेऊ
छेकिदेऊ रोकिदेऊ
बतासिने मन मेरो तिम्रो पिरतिले
शब्दः रवि विक्रम शाह
संगीतः नातिकाजी
स्वरः इन्द्र नारायण मानन्धर