तिरिरि मुरली बज्यो वनैमा
वनैमा लौ माया नमारे
हाए, वनैमा लौ माया नमारे
कसको यो सम्झना मेरो
कसको यो सम्झना मेरो मनैमा
मनैमा लौ माया नमारे
हाए, मनैमा लौ माया नमारे
अधेरी खोला गुहेली पाक्यो जुरेली रमायो हो
यो मनमा कसको पिरती छायो विरह जगायो
सिरिरी बतासै चल्यो वनैमा
वनैमा लौ माया नमारे
हाए, वनैमा लौ माया नमारे
मुरली धुन भुलेको छैन वनमा बजेको हो
हजुरको माया, भुलेको छैन, दिलमा बसेको
चिरबिरी चरीले गायो वनैमा
वनैमा लौ माया नमारे
हाए, वनैमा लौ माया नमारे
सैलुंगी लेकमा गुराँसै फुल्यो वनचरी रमायो हो
मनमा कसको विरह छायो पिरती बसायो
झलमल फूलै फुल्यो वनैमा
वनैमा लौ माया नमारे
हाए, वनैमा लौ माया नमारे
कसको यो सम्झना मेरो
कसको यो सम्झना मेरो मनैमा
मनैमा लौ माया नमारे
हाए, मनैमा लौ माया नमारे
शब्दः सरोज कुमार शाक्य
संगीतः
स्वरः पन्ना काजी शाक्य