पहरामा बास………

पहरामा बास बसी झरनाको पानी पिऊँला
सँगसँगै जिउन पाए जीवन हाँस्दै काटी दिऊँला
पहरामा बास बसी

सुनकोशीको पानीजस्तो चोखो प्रीति लाउन पाए
दुई खोलाको दोभानजस्तै सधैभरि भेट्न पाए
सुनकोशीको पानीजस्तो चोखो प्रीति लाउन पाए
दुई खोलाको दोभानजस्तै सधैभरि भेट्न पाए
तेलकासा खेल्दै वनमा कन्दरामा गीत गाऊँला
सँगसँगै जिउन पाए जीवन हाँस्दै काटी दिऊँला
पहरामा बास बसी

दुई छातीको दुईटा मुटु साटिवरी राखन पाए
चन्द्रमा र चाँदनीझै एक अर्काका हुन पाए
दुई छातीको दुईटा मुटु साटिवरी राखन पाए
चन्द्रमा र चाँदनीझै एक अर्काका हुन पाए
जुनेली भई हामी दुवै रातभरि टल्की दिऊँला
सँग सँगै जिउन पाए जीवन हाँस्दै काटी दिऊँला
पहरामा बास बसी

शब्दः हेम हमाल
संगीत/स्वरः बच्चु कैलाश

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!