कसरी टुक्री गई गएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भई गएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गई गएँ यो कुरा बिन्ती नसोध
यो छातीमा कतिले टेकी गएँ
कतिले मलाई यहाँ लुटी गएँ
भागेर जाऊँ म कहाँ
धर्ती यहाँ मेरो प्रित यहाँ
कसरी जल्दै गई गएँ यो कुरा बिन्ति नसोध
छोडी आएँ म हाँस्ने खेल्ने किनारा
अर्को किनारा टाढा छ टाढा छ
टाढा छ मेरो रोइरहने प्रीत
मदेखि धेरै टाढा छ
कसरी टुट्दै गई गएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भई गएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गई गएँ यो कुरा बिन्ती नसोध
शब्द/संगीत/स्वरः बच्चु कैलाश