मेरो मनको मधुर गीतमा तिम्रो संगीत बजिरहोस्
उर्लिरहोस् प्रीति हृदयमा
जीवन आशा झल्किरहोस्
मेरो मनको मधुर गीतमा तिम्रो संगीत बजिरहोस्
मेरो प्यारको नयाँ मुनामा तिम्रो माया बिन्दु परोस्
तिम्रो माया बिन्दु परोस्
निर्मल नीलो आकाशझै हाम्रो माया विशाल होस्
हाम्रो माया विशाल होस्
मेरो मनको
मेरो मुटुको माझमा तिम्रो धड्कन चलिरहोस्
तिम्रो धड्कन चलिरहोस्
शरीर दुई मन एक भई सपना विपना बनिरहोस्
सपना विपना बनिरहोस्
मेरो मनको मधुर गीतमा तिम्रो संगीत बजिरहोस्
शब्द/संगीत/स्वरः बच्चु कैलाश