पर्खेर बस त्यो डाँडापारि
अवश्य आउँछु
कुरेर बसी यो डाँडावारि
म गीत गाउँछु
पर्खेर बस त्यो डाँडापारि
पिलपिले बत्ती साँझको भोलि ननिभी हुँदैन
वारि र पारि बिछोड सधै कसैको हुँदैन
हृदयको आखिरी भाषा माया हो भनेर
गाँसेर बस प्रीतिका फूल मालामा उनेर
अवश्य आउँछु कुरेर बसी यो डाँडावारि
म गीत गाउँछु
पर्खेर बस त्यो डाँडापारि
शीतका थोपा परेका मुना फूलको शरिरले
दुई थोपा आँशु जडेर राख निस्केका आँखामै
हुँदैन सधैँ जुनेली रात प्रकृति तमाम
नलेऊ पीर, नलेऊ सुर्ता बिछोडको घडीमा
अवश्य आउँछु कुरेर बसी यो डाँडावारि
म गीत गाउँछु
पर्खेर बस त्यो डाँडापारि
शब्द/संगीत/स्वरः बच्चु कैलाश