जुनेली रातमा दिल खोली
दोहोरी गाउन मन लाग्यो
यो ठाऊँमा नमर्ने
पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो
कलकल नदीको तालमा
चिर्बिर चरिको बोलमा
सुरिलो भाका छोपेर
गाउन मलाई मन लाग्यो
नाच्न मलाई मन लाग्यो
यो ठाऊँमा नमर्ने
पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो
आकाशको जूनले
धर्तीको कुना कुनामा
रसिलो माया लाएझै
यो देशको कण कणमा
पिरती गाँस्न मन लाग्यो
यो ठाऊँमा नमर्ने
पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो
सागरको माझमा
चम्कि बस्ने तारालाई
घरमाथिको लेकैमा
बोलाई हेर्न मन लाग्यो
सँगसँगै खेल्न मन लाग्यो
यो ठाऊँमा नमर्ने
पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो
शब्द/संगीत/स्वरः बच्चु कैलाश