सबले भन्छन् तिम्रा आँखा बिजुलीका झिल्का फ्याँक्छन्
जहाँ जहाँ झिल्का खस्छन् त्यही मान्छे ढुङ्गा हुन्छन्
रङ्कनेर पानी माग्छन् टोलाएर पछि लाग्छन्
पछि फर्केर हेर त, कति लामो लस्कर रैछ
बहुलाएका मान्छेहरूको
बहुलाएका मान्छेहरूको
कोही भन्छन् तिम्रो हाँसो पोखरीको बाढी हौ रे
ओठभित्र मान्छे कतै डुबी मर्ने ठाउँ छ रे
कोही भन्छन् तिम्रो हाँसो पोखरीको बाढी हौ रे
ओठभित्र मान्छे कतै डुबी मर्ने ठाउँ छ रे
लौन डुबी मर्ला कोही दोष लाग्ला तिमीलाई
दोष लाग्ला तिमीलाई
बहुलाएका मान्छेहरूको
सबले भन्छन् तिम्रा आँखा बिजुलीका झिल्का फ्याँक्छन्
जहाँ जहाँ झिल्का खस्छन् त्यही मान्छे ढुङ्गा हुन्छन्
रन्थनेर पानी माग्छन् टोलाएर पछि लाग्छन्
पछि फर्केर हेर त, कति लामो लस्कर रैछ
बहुलाएका मान्छेहरूको
बहुलाएका मान्छेहरूको
तिमी जून कोही भन्छन् कोही भन्छन् तिमी धून
फाल हाली मर्लान् कति नसकेर तिम्लाई छुन
तिमी जून कोही भन्छन् कोही भन्छन् तिमी धून
फाल हाली मर्लान् कति नसकेर तिम्लाई छुन
अकालमा कोही मर्लान् पाप लाग्ला तिमीलाई
अकालमा मर्नेहरूको
बहुलाएका मान्छेहरूको
सबले भन्छन् तिम्रा आँखा बिजुलीका झिल्का फ्याँक्छन्
जहाँ जहाँ झिल्का खस्छन् त्यही मान्छे ढुङ्गा हुन्छन्
रन्थनेर पानी माग्छन् टोलाएर पछि लाग्छन्
पछि फर्केर हेर त, कति लामो लस्कर रैछ
बहुलाएका मान्छेहरूको
बहुलाएका मान्छेहरूको
बहुलाएका मान्छेहरूको
बहुलाएका मान्छेहरूको
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः धुर्व के.सी.