तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
त्यो आँखामा फूल फुलेको मैले हेर्न चाहिरहेँ
हो…. त्यो आँखामा फूल फुलेको मैले हेर्न चाहिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
त्यो दिन सफल हुनेछ
त्यो दिन सफल हुनेछ जुन दिन फूल फुल्नेछ
त्यो दिन सफल हुनेछ जुन दिन फूल फुल्नेछ
पुराना तीता कुरालाई यो मनले भुल्नेछ
पुराना तीता कुरालाई यो मनले भुल्नेछ
तिम्रो मनमा बसेका ढुङ्गालाई पगाल्न खोजिरहेँ
त्यो मनमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
हो…. त्यो मनमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
झर्छन् आँशुहरू
झर्छन् आँशुहरू यो मनमा चोट सहँदा
झर्छन् आँशुहरू यो मनमा चोट सहँदा
खुशी पनि हुन्छ मन ती मुस्कान हेर्न पाउँदा
खुशी पनि हुन्छ मन ती मुस्कान हेर्न पाउँदा
तिम्रो मुहारमा लुकेका बादललाई हटाउन खोजिरहेँ
त्यो मुहारमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
हो…. त्यो मुहारमा फूल फुलेको मैले हेर्न चाहिरहेँ
तिम्रो आँखामा रहेका काँडालाई निकाल्न खोजिरहेँ
शब्दः योगेन्द्र मणि दाहाल
संगीतः राजु सिंह
स्वरः दीप श्रेष्ठ