बादलहरू हो आकाश ढाकी नबसिदेऊ
बादलहरू हो आकाश ढाकी नबसिदेऊ
जून हेर्ने प्रेयसीको मन दुखाई नदेऊ
जून हेर्ने प्रेयसीको मन दुखाई नदेऊ
बादलहरू हो आकाश ढाकी नबसिदेऊ
यो शहर बाँचेको छ बोकी सपनाको भारी
यो शहर बाँचेको छ बोकी सपनाको भारी
आफ्नो इच्छा पूरा गर्छन् अरूलाई नै मारी
आफ्नो इच्छा पूरा गर्छन् अरूलाई नै मारी
जहाँ मन सल्केको छ त्यहाँ निभाउन जाऊ
जहाँ मन सल्केको छ त्यहाँ निभाउन जाऊ
आफू गर्जेर भएपनि त्यहाँ वर्षा गराऊ
आफू गर्जेर भएपनि त्यहाँ वर्षा गराऊ
बादलहरू हो आकाश ढाकी नबसिदेऊ
लगिदेऊ सारा खुशीहरू गाउँघरतिर
लगिदेऊ सारा खुशीहरू गाउँघरतिर
शहर मात्र हैन तिम्रो जाऊ गाउँतिर
शहर मात्र हैन तिम्रो जाऊ गाउँतिर
पाखाभरि झुलेका छन् अजम्बरी फूल
पाखाभरि झुलेका छन् अजम्बरी फूल
बर्सिदेऊ फुलाइदेऊ मनैभरि फूल
बर्सिदेऊ फुलाइदेऊ मनैभरि फूल
बादलहरू हो आकाश ढाकी नबसिदेऊ
शब्दः योगेन्द्र मणि दाहाल
संगीतः राजु सिंह
स्वरः दीप श्रेष्ठ