खोजीरहेछु एउटा घर
खोजीरहेछु एउटा घर
मेरो घर, आफ्नो घर
जलिरहेको मनलाई
छाहारी दिने एउटा घर
मेरो घर, आफ्नो घर
खोजीरहेछु एउटा घर
थाकेको उकाली यात्राले मलाई घर लैजा भन्छ
थाकेको उकाली यात्राले मलाई घर लैजा भन्छ
शहर बल्छ बत्ती भएर सपना घर फर्कि जा भन्छ
सोधिरहेछु सबलाई मेरो घर आफ्नो घर
खोजीरहेछु एउटा घर
खुशीको खबर पहिले नै घरलाई सुनाउनु जा भन्छ
खुशीको खबर पहिले नै घरलाई सुनाउनु जा भन्छ
हार्दै जितेको कुरा पनि घरलाई नै भन्नु जा भन्छ
बनाऊँ भन्छु एउटा घर
मेरो घर आफ्नो घर
खोजीरहेछु एउटा घर
खोजीरहेछु एउटा घर
मेरो घर आफ्नो घर
जलिरहेको मनलाई
छाहारी दिने एउटा घर
मेरो घर, आफ्नो घर
खोजीरहेछु एउटा घर
शब्दः सुरेन्द्र थिङ
संगीतः प्रदिप क्षेत्री
स्वरः पवन गोले