आँखैमा रात गली शीतमा तारा डुबे
बाटैमा आँधी चली आशाका मुना उडे
आँखैमा रात गली
धुपी पिपल अनी लहरा पात झुके
जुही सिमल पनि छहरासाथ सुके
बारी बगैँचाभरि मुजुरा ओइली गए
बाटैमा आँधी चले आशाका मुना उडे
आँखैमा रात गली
बादलको बर्को मनी सपना सारा जमे
गाजलको धर्को बनी चाहना सारा धुले
परेला तृष्णा जति घुम्तिमा अल्झिदिए
बाटैमा आँधी चले आशाका मुना उडे
आँखैमा रात
शब्दः रत्न शम्शेर थापा
संगीतः नातिकाजी
स्वरः योगेश वैद्य