यहाँ एक मन छ, एक्लो लगन छ
सपथ रातको छ, नआऊ यहाँ
जुनेली बेलाको जून उदास छ
सपथ रातको छ, नआऊ यहाँ
यहाँ एक मन छ
एक्लै हराऊँ कुनै रातमा म
सुनूँ एक्लै म भाखा नीरवको
एक्लै हराऊँ कुनै रातमा म
सुनूँ एक्लै म भाखा नीरवको
एक हुँ व्यथा म सयौँ जीन्दगीको
सुनाऊँ कथा म नआऊ यहाँ
यहाँ एक मन छ
उठेको सभाझैँ अल्झेको जस्तो
विधवाले आँशु बहाएको जस्तो
उठेको सभाझैँ अल्झेको जस्तो
विधवाले आँशु बहाएको जस्तो
अँधेरो अँधेरो कुनै रात जस्तो
यहाँ मेरो घर छ, नआऊ यहाँ
यहाँ एक मन छ
शब्दः ईश्वर बल्लभ
संगीतः नातिकाजी
स्वरः योगेश वैद्य