जिन्दगीमा यति धेरै ऋण लगायौ
उनको भाग्यसँग मेरो भाग्य जुरायौ
जुनी जुनीसम्म पनि तिर्नै नसक्ने
खुशी र उमङ्गको ब्याज बढायौ
धेरै ऋण लगायौ
उकाली र ओरालीमा हुन्छौ साथ साथ
उकाली र ओरालीमा हुन्छौ साथ साथ
डगमगाई लड्न खोज्दा पाउँछु मैले हात
भरोसाको सिंगो मूर्ति मलाई दिएर
जीवनको हरेक क्षण धन्य बनायौ
धेरै ऋण लगायौ
वसन्तले कुन बेलामा पाइला टेकेछ
वसन्तले कुन बेलामा पाइला टेकेछ
खुशीमाथि फेरि अर्को खुशी लेखेछ
नयाँ नयाँ कोपिला डालीमा फूलेर
पूजा मेरो जिन्दगीको पूर्ण गर्यौ
धेरै ऋण लगायौ
जिन्दगीमा यति धेरै ऋण लगायौ
उनको भाग्यसँग मेरो भाग्य जुरायौ
जुनी जुनीसम्म पनि तिर्नै नसक्ने
खुशी र उमङ्गको ब्याज बढायौ
धेरै ऋण लगायौ
शब्दः ध्रुव तुलाधर
संगीतः न्ह्यु बज्राचार्य
स्वरः दिपक खरेल