म त पहिरोभित्र छु
झन्झन् गहिरोभित्र छु
सपना देख्ने आँखा खस्यो
म त झन्झन् कुहिरोभित्र छु
म त पहिरोभित्र छु
फूल त मेरो होइन, शीत पनि मेरो होइन
सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन
फूल त मेरो होइन, शीत पनि मेरो होइन
सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन
झन्झन् कुहिरोभित्र छु
सपना देख्ने आँखा खस्यो
म त झन्झन् कुहिरोभित्र छु
म त पहिरोभित्र छु
रहर ओइलाइ झरे, बाटो काटी काँडा भए
सँगै देखेका सपना कता कता हराइ गए
रहर ओइलाइ झरे, बाटो काटी काँडा भए
सँगै देखेका सपना कता कता हराइ गए
झन्झन् कुहिरोभित्र छु
सपना देख्ने आँखा खस्यो
म त झन्झन् कुहिरोभित्र छु
म त पहिरोभित्र छु
शब्दः राजेन्द्र थापा
संगीत/स्वरः दीप श्रेष्ठ