म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
आकाश बेग्लै मेरो धर्ती छ बेग्लै
म यो जिन्दगीकै अपवाद भएँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
यहाँ चल्दैन बतास मेरो सास बोकी
यहाँ बल्दैन बत्ती मेरो रात छोपी
यहाँ चल्दैन बतास मेरो सास बोकी
यहाँ बल्दैन बत्ती मेरो रात छोपी
नबर्षन्छ पानी न लाग्छ डढेलो
म आफ्नै मुटुभित्र बल्झिरहेँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
मेरा हर बस्तीहरूमा रुन्छ आकाश
मेरा हर घुम्तीहरूमा रुन्छ विश्वास
मेरा हर बस्तीहरूमा रुन्छ आकाश
मेरा हर घुम्तीहरूमा रुन्छ विश्वास
म तीतो कथामा न मीठो व्यथामा
म यस्तै विवशतामा अल्झिरहेँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
आकाश बेग्लै मेरो धर्ती छ बेग्लै
म यो जिन्दगीकै अपवाद भएँ
म सुन्नै नसकिने आवाज भएँ
त्यसै त्यसै बर्बाद भएँ
त्यसै त्यसै बर्बाद भएँ
त्यसै त्यसै बर्बाद भएँ
शब्दः कृष्णहरि बराल
संगीत/स्वरः दीप श्रेष्ठ