हिमालको छड्के टोपी……..

हिमालको छड्के टोपी छ
मैदानको चोलो धोती छ
हिमालको छड्के टोपी छ
मैदानको चोलो धोती छ
तर अझै पूरा हुन
तर अझै पूरा हुन एउटा कुरा छ
छातीमा नेपाली मन चाहिन्छ
छातीमा नेपाली मन चाहिन्छ
हिमालको छड्के टोपी छ
मैदानको चोलो धोती छ
हिमालको छड्के टोपी छ
मैदानको चोलो धोती छ
तर अझै पूरा हुन
तर अझै पूरा हुन एउटा कुरा छ
छातीमा नेपाली मन चाहिन्छ
छातीमा नेपाली मन चाहिन्छ

एउटा फूल फुल्दैमा वन फुल्दैन
फुल्दैन हो फुल्दैन
एउटा ओठ हाँस्दैमा देश हाँस्दैन
हाँस्दैन हो हाँस्दैन
दैलो दैलो हरेकको हाँस्नु पर्दछ
सुख दुःख बाडीचुडी बाँच्नु पर्दछ
सुख दुःख बाडीचुडी बाँच्नु पर्दछ
हत्केलामा तातो आगो छ
सबलाई जोड्ने एउटै धागो छ
हत्केलामा तातो आगो छ
सबलाई जोड्ने एउटै धागो छ
तर अझै पूरा हुन
तर अझै पूरा हुन एउटा कुरा छ
नशामा नेपाली रगत चाहिन्छ
नशामा नेपाली रगत चाहिन्छ

जन्मसिद्ध नेपाली त्यही नै बन्दछ
बन्दछ हो बन्दछ
कर्मसिद्ध नेपाली जो जो बन्दछ
बन्दछ हो बन्दछ
देशको माया कसलाई कति भन्न गाह्रो छ
कसको धेरै कसको थोरै नाप्न गाह्रो छ
कसको धेरै कसको थोरै नाप्न गाह्रो छ
शक्तिको स्रोत सागर छ
पाइलामा जोश जाँगर छ
शक्तिको स्रोत सागर छ
पाइलामा जोश जाँगर छ
तर अझै पूरा हुन
तर अझै पूरा हुन एउटा कुरा छ
आँखामा नेपाली हेराई चाहिन्छ
आँखामा नेपाली हेराई चाहिन्छ
हिमालको छड्के टोपी छ
मैदानको चोलो धोती छ
हिमालको छड्के टोपी छ
मैदानको चोलो धोती छ
तर अझै पूरा हुन
तर अझै पूरा हुन एउटा कुरा छ
छातीमा नेपाली मन चाहिन्छ
छातीमा नेपाली मन चाहिन्छ

शब्दः राजेन्द्र थापा
संगीतः शम्भुजीत बास्कोटा
स्वरः ज्ञानु राणा, दिनेश सुब्बा, अमर तण्डुकार र साथीहरू

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!