म रोएँ पनि तिमी हाँसिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु
यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु
कैलेकाहीँ ती मिलनका यादहरू आए भने
सपना सम्झी त्यसलाई बिर्सिदिनु
कैलेकाहीँ ती मिलनका यादहरू आए भने
सपना सम्झी त्यसलाई बिर्सिदिनु
म त यस्तै नै भए त्यसै सस्तो नै भए
तिमी मूल्यवान् बनिदिनु
म त यस्तै नै भए त्यसै सस्तो नै भए
तिमी मूल्यवान् बनिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु
कतै ती बेहोशिएका पलहरू बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु
कतै ती बेहोशिएका पलहरू बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु
संजोग हाम्रो बिझाउने भुल भए
त्यसमा नगहिरिदिनु
संजोग हाम्रो बिझाउने भुल भए
त्यसमा नगहिरिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु
यो झरिजाने जिन्दगीदेखि पन्छिदिनु
म रोएँ पनि तिमी हाँसिदिनु
शब्दः भुषण खरेल
शब्द/संगीतः अरूण थापा