आँखाले के के मलाई सपना देखायो
आँखाले के के मलाई सपना देखायो
ब्युँझेर कसले मलाई आज बोलायो
ब्युँझेर कसले मलाई आज बोलायो
आँखैमा कसले मलाई आज सजायो
आँखैमा कसले मलाई आज सजायो
छोपेर मुहार कति मीठो लजायो
छोपेर मुहार कति मीठो लजायो
गुञ्जियो बाँसुरी झन झन्कियो झङ्कार
गुञ्जियो बाँसुरी झन झन्कियो झङ्कार
झङ्कारकै सुरमा बस्यो प्रीतको संसार
झङ्कारकै सुरमा बस्यो प्रीतको संसार
राधालाई कसले प्रिया भनि बोलायो
राधालाई कसले प्रिया भनि बोलायो
के भनि तिम्लाई बोलाऊ मन यो लोलायो
ब्युँझेर कसले मलाई आज बोलायो
ब्युँझेर कसले मलाई आज बोलायो
गुनगुन छ हाँगा हाँगा भमरा भुनभुन
गुनगुन छ हाँगा हाँगा भमरा भुनभुन
छेकेर बाटो यौवन भन्छ कुरा सुन
छेकेर बाटो यौवन भन्छ कुरा सुन
प्रीतिले हेर कस्तो लीला रचायो
प्रीतिले हेर कस्तो लीला रचायो
तिमीलाई नारी मलाई पुरुष बनायो
ब्युँझेर कसले मलाई आज बोलायो
ब्युँझेर कसले मलाई आज बोलायो
आँखैमा कसले मलाई आज सजायो
आँखैमा कसले मलाई आज सजायो
छोपेर मुहार कति मीठो लजायो
छोपेर मुहार कति मीठो लजायो
शब्द/संगीत/स्वरः अम्बर गुरूङ