कहिलेकाहीँ रुने मेरो गीत हराएछ
सम्झी सम्झी रुने सम्झना हराएछ
मुटुभित्र राखेको माया हराएछ
आज मेरो जिन्दगीको छायाँ हराएछ
कहिलेकाहीँ रुने मेरो गीत हराएछ
सकिनँ मैले फूलको पातमा
दुई थोपा आँशुले पिरती लेखन
कोरन टुटेको भाकाले, टुटेको भाकाले
आज मलाई जोवनको लोभ कति छैन
मै मरेर के हुने हो शोक कति छैन
एकान्तमा अल्मलिने भाव हराएछ
मन यो बहलाउने गुनगुन हराएछ
मुटुभित्र राखेको माया हराएछ
आज मेरो जिन्दगीको छायाँ हराएछ
कहिलेकाहीँ रुने मेरो गीत हराएछ
तिमी भए संसार मिल्छ सँगसँगै
देह जल्छ झूटो बचन बोली दिएछौ
फूलको मन पोली दिएछौ, मन पोली दिएछौ
आज मलाई कोही यहाँ छक्काएर जान्छ
कोही मेरो पिरतीलाई लत्याएर जान्छ
भेट होला भन्दा भन्दै बैँस हराएछ
आज हिँड्दा हिँड्दै गोरेटो हराएछ
मुटुभित्र राखेको माया हराएछ
आज मेरो जिन्दगीको छायाँ हराएछ
कहिलेकाहीँ रुने मेरो गीत हराएछ
शब्द/संगीत/स्वरः बच्चु कैलाश