त्यो दिन ढलेर के भो
यो रात पनि त ढल्छ
अनि पूर्व जग्मगाई एक दिव्य बत्ती बल्छ
त्यो दिन ढलेर के भो
अनगन्ती फूल फुल्छन् अनगन्ती कण्ठ खुल्छन्
कण्ठ खुल्छन्
अनगन्ती फूल फुल्छन् अनगन्ती कण्ठ खुल्छन्
अनि हाम्रो चाहनाको एक चञ्चल बतास चल्छ
त्यो दिन ढलेर के भो
उसले मलाई पनि छुन्छ उसले तिमीलाई पनि छुन्छ
हाम्लाई छुन्छ
उसले मलाई पनि छुन्छ उसले तिमीलाई पनि छुन्छ
हाम्लाई छुन्छ
अनि हामी दुई हृदयको सपनाको अन्त्य हुन्छ
त्यो दिन ढलेर के भो
यो रात पनि त ढल्छ
अनि पूर्व जग्मगाई एक दिव्य बत्ती बल्छ
त्यो दिन ढलेर के भो
शब्दः हरिभक्त कटुवाल
संगीतः अम्बर गुरूङ
स्वरः अञ्जु देवी