आँखामा लुकेको
आँखामा लुकेको समुन्द्र आज
दुई किनारमा बगेर फेरि गयो
पिरतीको साइनो जोडेको थिएँ
कसले कसले फेरि नै तोडिदियो
आँखामा लुकेको
यो मनको आशा टुटेन फेरि
यो मनको आशा टुटेन फेरि
कसलाई कसलाई
कसलाई कसलाई पर्खिरह्यो
भाग्यमा प्वाल परेर पनि
यादमा यो मुटु नै कुरिरह्यो
आँखामा लुकेको
वसन्त नआउने जीवनले फेरि
वसन्त नआउने जीवनले फेरि
किन किन मनलाई किन पर्खाइरह्यो
विश्वासको रेखा भेटेर पनि
सम्झनाले आँखा नै टोलाई रह्यो
सम्झनाले आँखा नै टोलाई रह्यो
आँखामा लुकेको समुन्द्र आज
दुई किनारमा बगेर फेरि गयो
पिरतीको साइनो जोडेको थिएँ
कसले कसले फेरि नै तोडिदियो
कसले कसले फेरि नै तोडिदियो
कसले कसले फेरि नै तोडिदियो
शब्दः पुरण गिरी
संगीतः चन्दन लोम्जेल
स्वरः डेजी बराइली