रानी तलाउ किनारा
चम्किरहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
चम्किरहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
फूल गम्किरहेथ्यो हाम्रो मिलनमा
रानी तलाउ किनारा
चम्किरहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
त्यो दिन कस्तो खुशीको होला
दुई आत्मा जब एक होला
हाँसी खुशीमै प्रीति गरूँला
जब चरीले गीत सुनाउँला
रानी तलाउ किनारा
चम्किरहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
हातमा हात मिलाई रमाउँदै घुमुँला
कसैले त्यो फूललाई चुमेको हेरी रहुँला
जनमभर नमिट्ने निशानी दिउँला
रानी तलाउ किनारा
चम्किरहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
शब्दः रविन्द्र शाह
संगीतः नातिकाजी
स्वरः गौरी के.सी.