मेरो यो गीतमा जुन मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ
को भन्न सक्छ
मेरो यो गीतमा जुन मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ
को भन्न सक्छ
एउटै छ धर्ती, आकाश एउटै
एउटै छ उच्छवास, चाहना एउटै
एउटै छ धर्ती, आकाश एउटै
एउटै छ उच्छवास, चाहना एउटै
तरङ्ग धेरै विक्षिप्त मनमा
आँखाले मात्र को गन्न सक्छ
को गन्न सक्छ
तिमी हात देऊ म प्रीत दिन्छु
तिमी आँट देऊ म जीत दिन्छु
तिमी हात देऊ म प्रीत दिन्छु
तिमी आँट देऊ म जीत दिन्छु
रहर कुदेका पाइलाहरूलाई
बन्धनको सागर को खन्न सक्छ
को खन्न सक्छ
शब्दः हरिभक्त कटुवाल
संगीतः अम्बर गुरूङ
स्वरः नारायण गोपाल