धेरै सम्झे धेरै हुन्छ
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केइ पनि छैन
तिम्लाई देको मेरो माया
धेरै सम्झे धेरै हुन्छ
पहाड हैन मेरो माया
पहिरोसँगै भत्की जाने
खोला हैन मेरो माया
जताततै बगी जाने
म जस्तो छ मेरो माया
म जस्तो छ मेरो माया
त्यसैले नै तिमीलाई दिएँ
नसम्झेमा केइ पनि छैन
तिम्लाई देको मेरो माया
हिरा होइन मोती होइन
किन्न खोजेर पाइदैन
मुस्कान जस्तो सस्तो छैन
तिम्लाई देको मेरो माया
धेरै सम्झे धेरै हुन्छ
हिमाल हैन मेरो माया
घामसँगै पग्ली जाने
ऐना हैन मेरो माया
भुइँमा खस्दै फुटी जाने
म जस्तो छ मेरो माया
म जस्तो छ मेरो माया
त्यसैले नै तिमीलाई दिएँ
नसम्झेमा केइ पनि छैन
तिम्लाई देको मेरो माया
धेरै सम्झे धेरै हुन्छ
थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केइ पनि छैन
तिम्लाई देको मेरो माया
धेरै सम्झे धेरै हुन्छ
शब्द/संगीतः गणेश रसिक
स्वरः इन्द्र नारायण मानन्धर