जन्मिदाँ एक्लै, मर्दा नि एक्लै
जन्मिदाँ एक्लै, मर्दा नि एक्लै
बीचमा किन साथी चाहियो र?
साथी साथी भन्दा भन्दै
भनेजस्तो साथी नै कहाँ पाइयो र?
जहाँ चोट लाग्दा पनि मन खुलआई रुन सकिन्न
मुटुले कसैको मुटु छुन सकिन्न
त्यहाँ चोटको अर्थ खोज्न नसकिने भो
उदास रातको एक्लोपन रोज्न नसकिने भो
जन्मिदाँ एक्लै, मर्दा नि एक्लै
जहाँ सत्य लुकाएर झुठको साथ लिनु पर्छ
जीवनको परिभाषा अभिनयमा दिनु पर्छ
यो झुठो जीवनमा हाँस्न नसकिने भो
नाम मात्रको आशमा बाँच्न नसकिने भो
जन्मिदाँ एक्लै, मर्दा नि एक्लै
जन्मिदाँ एक्लै, मर्दा नि एक्लै
बीचमा किन साथी चाहियो र?
साथी साथी भन्दा भन्दै
भनेजस्तो साथी नै कहाँ पाइयो र?
जन्मिदाँ एक्लै, मर्दा नि एक्लै
शब्दः अरूण तिवारी
संगीतः जीवित जल्मी
स्वरः कर्ण दास