रोकिन नि सक्छ मुटु सास चल्दा चल्दै
रोकिन नि सक्छ मुटु सास चल्दा चल्दै
निभ्न सक्छ जिन्दगीको दियो बल्दा बल्दै
निभ्न सक्छ जिन्दगीको दियो बल्दा बल्दै
रोकिन नि सक्छ मुटु सास चल्दा चल्दै
चाँदनीमा बादलुको कालो छायाँ पर्छ
चाँदनीमा बादलुको कालो छायाँ पर्छ
फूल पनि हेर्दा हेर्दै ओइलिएर झर्छ
फूल पनि हेर्दा हेर्दै ओइलिएर झर्छ
कर्कलाको पातमाथि परेको छ पानी
कर्कलाको पातमाथि परेको छ पानी
कति बेला भुइँमा खस्छ कठै जिन्दगी
कति बेला भुइँमा खस्छ कठै जिन्दगी
इन्द्रेणीको रङ्ग उड्छ हावा चलेपछि
इन्द्रेणीको रङ्ग उड्छ हावा चलेपछि
घाम पनि अस्ताउँछ दिन ढलेपछि
घाम पनि अस्ताउँछ दिन ढलेपछि
कतै जीत मुस्कुराउँछ कतै रात रुन्छ
कतै जीत मुस्कुराउँछ कतै रात रुन्छ
आदि भएपछि बरै अन्त्य पनि हुन्छ
आदि भएपछि बरै अन्त्य पनि हुन्छ
रोकिन नि सक्छ मुटु सास चल्दा चल्दै
रोकिन नि सक्छ मुटु सास चल्दा चल्दै
निभ्न सक्छ जिन्दगीको दियो बल्दा बल्दै
निभ्न सक्छ जिन्दगीको दियो बल्दा बल्दै
शब्दः पुरू लम्साल
संगीतः जोन शाही
स्वरः प्रेमध्वज प्रधान