म लडेँ, लडेँ, धेरै लडेँ
के थाहा कति लडेँ
मैले त गन्नै छाडिसकेँ
के थाहा कति कति लडेँ
म लडेँ
म लडेँ, लडेँ, धेरै लडेँ
के थाहा कति लडेँ
मैले त गन्नै छाडिसकेँ
के थाहा कति कति लडेँ
म लडेँ
कसले कोसित कुन ठाउँमा
कति थेरै चोट पाएको छ
जिन्दगीलाई के सोध्नु
उसले नै चोट खाएको छ
चोट खाई जहाँ उठेँ
फेरि किन त्यही लडेँ
म लडेँ
म लडेँ, लडेँ, धेरै लडेँ
के थाहा कति लडेँ
मैले त गन्नै छाडिसकेँ
के थाहा कति कति लडेँ
म लडेँ
सबले छलेर कुन मुखले
मायाको नाम लिएको छ
नचिन्नेलाई के भन्नु
चिनेकैले घाउ दिएको छ
हात समाई जति उठेँ
फेरि किन त्यही लडेँ
म लडेँ
म लडेँ, लडेँ, धेरै लडेँ
के थाहा कति लडेँ
मैले त गन्नै छाडिसकेँ
के थाहा कति कति लडेँ
म लडेँ
शब्दः राजेन्द्र थापा
संगीतः दीप श्रेष्ठ
स्वरः अरूणा लामा