धेरै चोटी आँखा जुध्यो तर तिमी हाँसेनौ
दुई दिनको जिन्दगीमा के के हुने हो
हाँसी राख न माया बोली राख न
हाँसी राख न माया बोली राख न
धेरै चोटी भेट भयो तर डाकै फुकेन
बोल्न त मन लाग्छ बोली फुटेन
हाँसुँ कसरी माया बोलुँ कसरी
हाँसुँ कसरी माया बोलुँ कसरी
जिन्दगी बगेको पानीजस्तो हो
आउँदैन फर्केर फेरि फेरि हो
जिन्दगी बगेको पानीजस्तो हो
आउँदैन फर्केर फेरि फेरि हो
माया त दुई दिनको घामछायाँ हो
कर्मले डोर्याई कता लाने हो
हाँसुँ कसरी माया बोलुँ कसरी
हाँसुँ कसरी माया बोलुँ कसरी
आँखैको भाकामा मनै अल्झियो
कहिलेकाहीँ दुख्ने मुटु फेरि बल्झियो
आँखैको भाकामा मनै अल्झियो
कहिलेकाहीँ दुख्ने मुटु फेरि बल्झियो
लजालु मुस्कानले साथ देऊन
मीठो मीठो भावमा ओठ चालन
भनुँ कसरी माया हाँसु कसरी
भनुँ कसरी माया हाँसु कसरी
धेरै चोटी आँखा जुध्यो तर तिमी हाँसेनौ
दुई दिनको जिन्दगीमा के के हुने हो
हाँसी राख न माया बोली राख न
हाँसी राख न माया बोली राख न
धेरै चोटी भेट भयो तर डाकै फुकेन
बोल्न त मन लाग्छ बोली फुटेन
हाँसुँ कसरी माया बोलुँ कसरी
हाँसुँ कसरी माया बोलुँ कसरी
हाँसी राख न माया बोली राख न
हाँसुँ कसरी माया बोलुँ कसरी
हाँसी राख न माया बोली राख न
हाँसुँ कसरी माया बोलुँ कसरी
शब्दः बुद्धवीर लामा
संगीतः मनसिंह थुलुङ
स्वरः उषाकिरण अधिकारी र मनसिंह थुलुङ