दुःख सुख त यस्तै न हो
तर निर्धो भएर रुनु हुन्न
माया गर्ने मानिसको आँशु
यति सस्तो हुनु हुन्न
दुःख सुख त यस्तै न हो
दुःख सुख त यस्तै न हो
तर निर्धो भएर रुनु हुन्न
माया गर्ने मानिसको आँशु
यति सस्तो हुनु हुन्न
दुःख सुख त यस्तै न हो
यो बाटो हिँड्दा बाधाका कति कति पहाड चढ्नु पर्छ
यो बाटो हिँड्दा बाधाका कति कति पहाड चढ्नु पर्छ
दुःखको हुरीले लखेटे
दुःखको हुरीले लखेटे पहरो भएर अड्नु पर्छ
दुःख सुख त यस्तै न हो
तर निर्धो भएर रुनु हुन्न
माया गर्ने मानिसको आँशु
यति सस्तो हुनु हुन्न
दुःख सुख त यस्तै न हो
आँशुले पगाल्न खोजे धर्ती जस्तै भएर जम्नु पर्छ
आँशुले पगाल्न खोजे धर्ती जस्तै भएर जम्नु पर्छ
व्यथाको आगोले लपेटे
व्यथाको आगोले लपेटे पुतली भएर रम्नु पर्छ
दुःख सुख त यस्तै न हो
तर निर्धो भएर रुनु हुन्न
माया गर्ने मानिसको आँशु
यति सस्तो हुनु हुन्न
दुःख सुख त यस्तै न हो
शब्दः
संगीतः
स्वरः प्रेमध्वज प्रधान