झुठो प्रेमको राँको निभ्दै
बल्यो बत्ती अँध्यारोमा
झुठो प्रेमको राँको निभ्दै
मरे पुतली सत्य सम्झी
राको च्यप्दै अँगालोमा
झुठो प्रेमको राँको निभ्दै
मरे प्रेमी यत्रतत्र
खरानीको बन्यो रास
मरे प्रेमी यत्रतत्र
खरानीको बन्यो रास
निर्दयी भई दन्क्यो ज्वाला
बल्यो बत्ती आसपास
प्रेम पाप होइन भन्दै
चितामाथि पछारिए
कोई जल्दै खाक हुँदा
कति भुइँमा बजारिए
झुठो प्रेमको राँको निभ्दै
बल्यो बत्ती अँध्यारोमा
झुठो प्रेमको राँको निभ्दै
पुण्य प्रेमको पूजा गर्दै
पुज्य प्राणी कति गए
पुण्य प्रेमको पूजा गर्दै
पुज्य प्राणी कति गए
प्यारो दीप हाम्रो भन्दै
जलन यिनले कति सहे
अखण्ड यो बलिदानको
यही हो एक सन्देश
सच्चा प्रेम पुजारीको
न कुनै भेद न झुठो भेष
झुठो प्रेमको राँको निभ्दै
बल्यो बत्ती अँध्यारोमा
झुठो प्रेमको राँको निभ्दै
शब्दः
संगीतः
स्वरः फत्तेमान राजभण्डारी