म जिन्दगीभर हिँडिरहेँ
तर कहीँ पनि पुगिनछु
म जिन्दगीभर हिँडिरहेँ
तर कहीँ पनि पुगिनछु
आज थाहा भयो मलाई
जहाँ थिएँ त्यहीँ रहेँ
म जिन्दगीभर हिँडिरहेँ
तर कहीँ पनि पुगिनछु
म हुरी भई हिँडेँ, बतास भई हिँडेँ
म हुरी भई हिँडेँ, बतास भई हिँडेँ
कति पटक निराशामा हतास भई हिँडेँ
म पहाडमा हिँडेँ, भीरैभीरमा हिँडेँ
म सफलताको तीरैतीरमा हिँडेँ
तर कहीँ पनि पुगिनछु
तर कहीँ पनि पुगिनछु
म जोशमा हिँडेँ, कुदाईमा हिँडेँ
म जोशमा हिँडेँ, कुदाईमा हिँडेँ
झुक्किएर अरूको जुधाईमा हिँडेँ
म खुशीले हिँडेँ, करैकरले हिँडेँ
कही आफ्नो, कही अरूको भरले नै हिँडेँ
तर कहीँ पनि पुगिनछु
तर कहीँ पनि पुगिनछु
म रातमा हिँडेँ, साँझमा हिँडेँ
म रातमा हिँडेँ, साँझमा हिँडेँ
कति पटक भुमरीको माझैमाझमा हिँडेँ
म आशले हिँडेँ, त्रासैत्रासले हिँडेँ
सारा उमेर म केवल आभाषमा हिँडेँ
तर कहीँ पनि पुगिनछु
तर कहीँ पनि पुगिनछु
म जिन्दगीभर हिँडिरहेँ
तर कहीँ पनि पुगिनछु
तर कहीँ पनि पुगिनछु
शब्दः यादव खरेल
संगीतः शिवशंकर मानन्धर
स्वरः रबिन शर्मा