झरि जाने फूलको पनि माया भए जस्तै
झरि जाने फूलको पनि माया भए जस्तै
छोडी जाने अतिथिको सम्झना भो त्यस्तै
झरि जाने फूलको पनि माया भए जस्तै
परस परस स्नेह सम्झी ताजा रहिरहोस्
वसन्तको बेलाजस्तो जिन्दगी भइरहोस्
परस परस स्नेह सम्झी ताजा रहिरहोस्
वसन्तको बेलाजस्तो जिन्दगी भइरहोस्
सम्झनामै अल्झिरह्यो हृदयको कुना
याद अति भईरह्यो मनमा सय गुना
झरि जाने फूलको पनि माया भए जस्तै
झरि जाने फूलको पनि माया भए जस्तै
छोडी जाने अतिथिको सम्झना भो त्यस्तै
झरि जाने फूलको पनि माया भए जस्तै
चन्द्रमा र तारा खेल्दा चाह भएजस्तो
मन चुम्मे फूल फुल्दा रहर लागेजस्तो
चन्द्रमा र तारा खेल्दा चाह भएजस्तो
मन चुम्मे फूल फुल्दा रहर लागेजस्तो
मलाई याद गराउँछ चाँद बुट्टे बादल
सम्झाई ल्याउँछ जीवनमा संगीतको मादल
झरि जाने फूलको पनि माया भए जस्तो
झरि जाने फूलको पनि माया भए जस्तै
छोडी जाने अतिथिको सम्झना भो त्यस्तै
झरि जाने फूलको पनि माया भए जस्तै
शब्दः भैरवनाथ रिमाल ‘कदम’
संगीतः नातिकाजी
स्वरः फत्तेमान राजभण्डारी