साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
टोलाइरहन्छु जूनसँगै आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर
सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर
तर तिमीले बिर्सिदियौ हिजोको मिलन मायाका कथाहरू
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
टोलाइरहन्छु जूनसँगै आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर
हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर
चुडी यो मुटु भाग्दियौ रित्तो सपना गइदियौ छोडेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
टोलाइरहन्छु जूनसँगै आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ तिमी भनेर
आउँछौ तिमी भनेर
आउँछौ तिमी भनेर
शब्दः किशोर गुरूङ
संगीत/स्वरः अरूण थापा