खुशी खुशीले दिन्छु बिदा हाँस्दै रमाउँदै जाऊ
प्यारमा बगेको आँशुको मोल तिर्नु पर्दैन जाऊ
खुशी खुशीले दिन्छु बिदा
तिमी जीवनभरि सुखी रहु, यही नै सुन्न म पाऊँ
तिमी जीवनभरि सुखी रहु, यही नै सुन्न म पाऊँ
सपनामा पनि तिम्रो हँसिलो मुहार देख्न म पाऊँ
यही नै मेरा कामनाहरू छन् तिमीलाई सुनाऊँ
प्यारमा बगेको आँशुको मोल तिर्नु पर्दैन जाऊ
खुशी खुशीले दिन्छु बिदा
तिमी जहाँ रहे पनि मेरो धेरै धेरै प्यार छ
तिमी जहाँ रहे पनि मेरो धेरै धेरै प्यार छ
सक्दिनँ दिन केही म तिमीलाई भित्ता नै उपहार छ
जो सुख तिम्रो जिन्दगीको त्यही नै मेरो सम्झिदेऊ
प्यारमा बगेको आँशुको मोल तिर्नु पर्दैन जाऊ
खुशी खुशीले दिन्छु बिदा
शब्दः
संगीतः
स्वरः