यो मायालाई भार ठान
पैतालाको धुलो मान
यो मायालाई भार ठान
पैतालाको धूलो मान
तिम्रो मन तिम्रो खुशी तिम्रो विचार
तर हामीबिना चल्दैन है तिम्रो संसार
तर हामीबिना चल्दैन तिम्रो संसार
आफ्नो ऋतु काल फुल्छ अजम्बरी फूल पनि
आफ्नो ऋतु काल फुल्छ अजम्बरी फूल पनि
जुनै काल जुनै हाल फुल्न सक्ने फूल हामी
जुनै काल जुनै हाल फुल्न सक्ने फूल हामी
तिम्रो घर
तिम्रो घर सजाउने बाह्रमासे फूल हामी
सजाऊ कि किचाऊ, श्रृँगार कि बिगार
सजाऊ कि किचाऊ, श्रृँगार कि बिगार
तिम्रो मन तिम्रो खुशी तिम्रो विचार
तर हामीबिना चल्दैन है तिम्रो संसार
तर हामीबिना चल्दैन तिम्रो संसार
तिम्रो भाका तालभरि सधैँ नाचिदिने हामी
तिम्रो भाका तालभरि सधैँ नाचिदिने हामी
तिम्रो सुख दुःखभरि सँगै बाँचिदिने हामी
तिम्रो सुख दुःखभरि सँगै बाँचिदिने हामी
भार पनि
भार पर्दा पनि तिम्रो घर चलाई दिने हामी
सम्हाल या लतार, अँगाल या पछार
सम्हाल या लतार, अँगाल या पछार
तिम्रो मन तिम्रो खुशी तिम्रो विचार
तर हामीबिना चल्दैन है तिम्रो विचार
तर हामीबिना चल्दैन तिम्रो संसार
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा र मीरा राणा