मलाई रुखो सहानुभूति नदेऊ
न आश्वासन न प्रीति देऊ
तिमीलाई अनन्त माया गर्ने
खाली सानो एक स्वीकृति देऊ
मलाई रुखो सहानुभूति नदेऊ
म त कन्दराको रात हुँ
मलाई भावनाको प्रभात नदेऊ
जन्मै अछुत, कर्मै अछुत
जन्मै अछुत, कर्मै अछुत
सीता सतीको नाम नदेऊ
मलाई विस्मृतिमा तिमी डुबाऊ,
तिम्रा स्मृति सब मलाई देऊ
तिमीलाई अनन्त माया गर्ने
खाली सानो एक स्वीकृति देऊ
मलाई रुखो सहानुभूति नदेऊ
माया गर्ने बानी हो मेरो
यसलाई गलत कुनै नाम नदेऊ
मलाई त के मेरो यादलाई
मलाई त के मेरो यादलाई
तिम्रो पाउँ तल पनि ठाउँ नदेऊ
मलाई साथ नदेऊ मलाई हात नदेऊ
तिम्रो यादमा केवल बाँच्न देऊ
तिमीलाई अनन्त माया गर्ने
खाली सानो एक स्वीकृति देऊ
मलाई रुखो सहानुभूति नदेऊ
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः दावा ग्याल्मो