यो दुई थोपा आँशु
यो दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
यो दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँशु होला कि नहोला
यो दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
दुःख वेदनामा रोइदिन्छ आँशु
खुशीको सीमामा झरिदिन्छ आँशु
दुःख वेदनामा रोइदिन्छ आँशु
खुशीको सीमामा झरिदिन्छ आँशु
भोलि रमाउन कसैकोमा आँशु होला कि नहोला
यो दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
भन्न नसकेका बोलिदिन्छ आँशु
पीर बाँधिएका खोलिदिन्छ आँशु
भोलि पीर पोख्न कसैकोमा आँशु होला कि नहोला
यो दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
बितेका दिनको कथा लेख्छ आँशु
मिलन बिछोडको व्याथा लेख्छ आँशु
भोलि लेख्नलाई कसैकोमा आँशु होला कि नहोला
यो दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँशु होला कि नहोला
यो दुई थोपा आँशु
मैले मेरै लागि साँचेको
शब्दः हरिभक्त कटुवाल
संगीतः रञ्जीत गजमेर
स्वरः साधना सरगम
चलचित्रः दुई थोपा आँशु