मनको हुन्न केइ भर, हैन र?
मायामा हुन्न केइ डर, हैन र?
यो मनलाई त्यो मनको खबर, छैन र?
मायामा बग्दै जाने रहर, छैन र
रातले जूनलाई चाहेजस्तो
दिनले घामलाई पाएजस्तो
अजम्बरी लाउँला पिरती
हो.. अजम्बरी लाउँला पिरती
लुकामारी खेल्छन् किन घाम र जून
अनि पो हुन्छ रात र दिन
आफ्नै आकाश आफ्नै धर्ती
अनि हाम्रो आफ्नै होला साँझ बिहान
खोइ केले खोइ केले खान्छ
नि खोइ केले खान्छ
नि कुटुकुटु मन मेरो किन
कहिले तीतो कहिले मीठो
यस्तो कथा रैछ माया मुटुको सुन
घाम पानीले मायालाई, छुन्छ र?
हो… मायामा रङ्ग मधुरो, हुन्छ र?
यो मनलाई त्यो मनको खबर, छैन र?
मायामा बग्दै जाने रहर, छैन र?
किनाराले नदीलाई डोऱ्याएजस्तो
नदीले सागर पाएजस्तो
अजम्बरी लाउँला पिरती
हो.. अजम्बरी लाउँला पिरती
शब्दः सबिन एकतारे, काली प्रसाद बास्कोटा
संगीतः काली प्रसाद बास्कोटा
स्वरः काली प्रसाद बास्कोटा र मेलिना राई
चलचित्रः ग्याङस्टर ब्लुज