बिर्सन होइन हामीले पिेरती लाएको,
बचन खाएको
दुई जना मिलेर संसार हामीले पाएको
मनले मनलाई बाँधेको छ
तनले तनलाई बाँधेको छ
एउटाले अर्कोलाई चिनेको छ
चाहना चाहना मिलेको छ
तिमी आँखा नखोल
सपना बनेर म आउँछु सुस्तरी निदरी लिएर
सुस्तरी निदरी लिएर
दुई जना मिलेर संसार हामीले पाएको
भोलिको दिन पर छ पर
आजको दिन तिमी हाँसिदेऊ
पग्लेर जाने यो जोवन हो रे
आजको दिन सम्हालेर लेऊ
दिल दिलको भयो
मितेरी जीवनभरिको चरीको सरिको गरेर
चरीको सरिको गरेर
दुई जना मिलेर संसार हामीले पाएको
बिर्सन होइन हामीले पिेरती लाएको,
बचन खाएको
दुई जना मिलेर संसार हामीले पाएको
शब्दः शान्ति सिंह
संगीत/स्वरः बच्चु कैलाश