कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिनँ
कति कमजोर रहेछ रहर तिम्रो आँशु पुछ्न सकिनँ
धेरै अर्थ लाग्छ मायाको तर हार नठानिदिनु
धेरै अर्थ लाग्छ मायाको तर हार नठानिदिनु
जति जे भो भई गयो मन मन्दिरमा सजाउनु
जति जे भो भई गयो मन मन्दिरमा सजाउनु
कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिनँ
कति कमजोर रहेछ रहर तिम्रो आँशु पुछ्न सकिनँ
धेरै बाधाहरू अरूको तर दोष कसैलाई नदिनु
धेरै बाधाहरू अरूको तर दोष कसैलाई नदिनु
जति जे भो भई गयो मन मन्दिरमा सजाउनु
जति जे भो भई गयो मन मन्दिरमा सजाउनु
कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिनँ
कति कमजोर रहेछ रहर तिम्रो आँशु पुछ्न सकिनँ
शब्दः युवान तुलाधर
संगीत/स्वरः दीप श्रेष्ठ