हावासँग बगुँ भन्छ, पातसँग बोलुँ भन्छ
यो मनको हागो फेरि कहीँ कतै सल्कुँ भन्छ
चट्टानालाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उजेलोमा भनौँ भन्छ
हावासँग बगुँ भन्छ
रुने आँखा चिसो हुन्छ, हाँस्ने ओठ नीलो हुन्छ
रुने आँखा चिसो हुन्छ, हाँस्ने ओठ नीलो हुन्छ
मरिजाने मान्छेलाई बाँच्न कति कथा हुन्छ
यो रातको कथालाई उजेलोमा भनौँ भन्छ
हावासँग बगुँ भन्छ
कति कमजोर मन रैछ, फुटिजाने डर हुन्छ
कति कमजोर मन रैछ, फुटिजाने डर हुन्छ
कति कम जोर फूल रैछ, झरी जाला जस्तो हुन्छ
यो रातको कथालाई उजेलोमा भनौँ भन्छ
हावासँग बगुँ भन्छ, पातसँग बोलुँ भन्छ
यो मनको हागो फेरि कहीँ कतै सल्कुँ भन्छ
चट्टानालाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उज्येलोमा भनौँ भन्छ
हावासँग बगुँ भन्छ
शब्दः शिव शंकर थापा
संगीतः सुवर्ण लिम्बु
स्वरः पवन गोले