तिमीले सोध्यौ…………….

तिमीले सोध्यौ सन्चै छौ भनि
म सन्चो भईहाले
तिमीले सोध्यौ सन्चै छौ भनि
म सन्चो भईहाले
बिरामीको यो बिछ्यौनाबाट उठेर गईहाले
तिमीले सोध्यौ सन्चै छौ भनि
म सन्चो भईहाले

औषधिभन्दा सम्झना तिम्रो सञ्चार छ रगतमा
औषधिभन्दा सम्झना तिम्रो सञ्चार छ रगतमा
यतिको गहिरो मायालाई बुझ्ने को छ र जगतमा
तिमीले सोध्यौ सन्चै छौ भनि
म सन्चो भईहाले

न बाँच्न सक्छु न मर्न सक्छु एक्लै बसेर
न बाँच्न सक्छु न मर्न सक्छु एक्लै बसेर
के गर्यौ तिम्ले यसरी मेरो जीवनमा पसेर
तिमीले सोध्यौ सन्चै छौ भनि
म सन्चो भईहाले
तिमीले सोध्यौ सन्चै छौ भनि
म सन्चो भईहाले
बिरामीको यो बिछ्यौनाबाट उठेर गईहाले
तिमीले सोध्यौ सन्चै छौ भनि
म सन्चो भईहाले

शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः लोचन भट्टराई

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!