सावने झरीमा त्यो गाउँको गोरेटो
सावने झरीमा त्यो गाउँको गोरेटो
छायाँ त्यो फेरि फेरि तिर्सना अनौठो
सावने झरीमा त्यो गाउँको गोरेटो
छायाँ त्यो फेरि फेरि तिर्सना अनौठो
सावने झरीमा त्यो गाउँको गोरेटो
सुन्दर चिनो मायाको खेल्ने छ मेरो काखमा
कलिलो हातले छोएको मायालु आँखा आँशुमा
सपना देख्छु होला कहिले त भेट्छु होला
छायाँ त्यो फेरि फेरि तिर्सना अनौठो
सावने झरीमा त्यो गाउँको गोरेटो
नयाँ किरण आउने छ कालो रात ढल्ने छ
नयाँ रीत चल्ने छ सुख र खुशी बाँड्नु छ
रमाइलो आँगन होला आँखाको तारा होला
छायाँ त्यो फेरि फेरि तिर्सना अनौठो
सावने झरीमा त्यो गाउँको गोरेटो
छायाँ त्यो फेरि फेरि तिर्सना अनौठो
सावने झरीमा त्यो गाउँको गोरेटो
सावने झरीमा
शब्दः कुसुम गजमेर/ तुलसी घिमिरे
संगीतः रञ्जीत गजमेर
स्वरः आशा भोसले
चलचित्रः लाहुरे