पैले पैल कुरा गराई अनि लजाई मीठो लाग्यो
उसको हँसाइ अनि पछि आँखा तराइ मीठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पैले पैल कुरा गराई अनि लजाई मीठो लाग्यो
पैले खाली साथी भनि अनि मिल्ने साथी भनि
पैले खाली साथी भनि अनि मिल्ने साथी भनि
कैले कैले झुक्किएर उल्ले मायालु भनि
त्यो छुच्चीको डराई डराई माया गराई मीठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पैले पैल कुरा गराई अनि लजाई मीठो लाग्यो
यति नगिच आईसकी, सबै कुरा मलाई भन्छे
यति नगिच आईसकी, सबै कुरा मलाई भन्छे
मेरो सामु रोइदिन्छे, माया भने होइन भन्छे
त्यो रुन्चीको हराई हराई आँशु झराई मीठो लाग्यो
अलिअलि गर्दै उसको सारा कुरा मीठो लाग्यो
पैले पैल कुरा गराई अनि लजाई मीठो लाग्यो
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः योगेश वैद्य