यो हल्लाको परिधिभित्र मेरो आवाजको महत्त्व छैन

मलाई हेर्न बनेका आँखाहरूमा निःस्वार्थ पवित्रता छैन
मेरो भुल कहाँ छ भनेर औँल्याउने औँलाहरू काँपेका हुन्छन्
जाडोका रातहरूमा मेरो आत्मा बालेर आगो तापेका हुन्छन्
कसरी बाँच्नु पर्ने होरु सास फेर्ने तरिका नै जानिएन
मेरो बाँच्नु या मर्नु यहाँ महत्त्वपूर्ण ठानिएन
यो हल्लाको परिधिभित्र मेरो आवाजको महत्त्व छैन
मलाई हेर्न बनेका आँखाहरूमा निःस्वार्थ पवित्रता छैन
यो हल्लाको परिधिभित्र मेरो आवाजको महत्त्व छैन
शब्दः नीर शाह
संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल