तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
बिछोडका कुरा कल्पिन थाल्छन्
बिछोडका कुरा कल्पिन थाल्छन्
तिम्रो तस्विरले चित्त बुझाउँदा
तिम्रो तस्विरले चित्त बुझाउँदा
सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले
सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले
मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा
मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा
आँशुका धारा बहन थाल्छन्
आँशुका धारा बहन थाल्छन्
तिम्रो तस्विरले चित्त बुझाउँदा
तिम्रो तस्विरले चित्त बुझाउँदा
लागेको चोट यो छातीभित्र कसरी सहनु
लागेको चोट यो छातीभित्र कसरी सहनु
हारेको मैले मै रोई बस्छु तिमी चाहिँ नरुनु
हारेको मैले मै रोई बस्छु तिमी चाहिँ नरुनु
मेरा ती जीवनका कथाहरू अपुरो गरेर छोड्दा
मेरा ती जीवनका कथाहरू अपुरो गरेर छोड्दा
यी आँखा मेरा टोलाउन थाल्छन्
यी आँखा मेरा टोलाउन थाल्छन्
तिम्रो तस्विरले चित्त बुझाउँदा
तिम्रो तस्विरले चित्त बुझाउँदा
तिम्रो तस्विरले चित्त बुझाउँदा
शब्द/संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल