नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई
बिर्सने पो हौ कि
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई
बिर्सने पो हौ कि
नफर्के सम्म, पर्खेर बस्छु, सम्झनाको दियो जलाई
बिर्सने पो हौ कि
नौ सय खोला
बादलले ढाके, म रोइरहेछु भनेर ठाने है
बादलले ढाके, म रोइरहेछु भनेर जाने है
बाडुल्की लागे, म सम्झिरहेछु भनेर ठाने है
बाडुल्की लागे, म सम्झिरहेछु भनेर ठाने है
सम्झिरहेछु सम्झिरहेछु जाने है
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई
बिर्सने पो हौ कि
नौ सय खोला
बतास चले, म छटपटाए भनेर सोचे है
बतास चले, म छटपटाए भनेर सोचे है
घामले पोले, म बिरामी भए भनेर जाने है
घामले पोले, म बिरामी भए भनेर जाने है
सम्झिरहेछु सम्झिरहेछु जाने है
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई
बिर्सने पो हौ कि
नौ सय खोला
बिजुली चम्के, निन्द्रामै ब्युँझे भनेर बुझे है
बिजुली चम्के, निन्द्रामै ब्युँझे भनेर बुझे है
हिउ नै परे, म यहीँ नै मरे भनेर बुझे है
हिउ नै परे, म यहीँ नै मरे भनेर बुझे है
सम्झिरहेछु सम्झिरहेछु जाने है
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई
बिर्सने पो हौ कि
नफर्के सम्म, पर्खेर बस्छु, सम्झनाको दियो जलाई
बिर्सने पो हौ कि
नौ सय खोला
शब्दः यादव खरेल
संगीत/स्वरः तारा देवी