बिर्सिऊँ भने सम्झाई दिन्छ तिम्रो त्यो छायाँले
तिम्रो त्यो छायाँले
न बाँच्न दियो न मर्न दियो तिम्रो यो मायाले
तिम्रो यो मायाले
पानीले रूझे उदाउने जून झन् राम्रो देखिन्छ
आँशुले भिजे निस्कने हाँसो झन् मीठो मानिन्छ
अँधेरी मेरो रातमा आयौ न जून न हाँसो
न जून न हाँसो
पिरतीलाई नझुटो भनुँ न ठानुँ म साँचो
न ठानुँ म साँचो
बिर्सिऊँ भने सम्झाई दिन्छ तिम्रो त्यो छायाँले
तिम्रो त्यो छायाँले
उजाड लाग्छ त्यो ठाउँ जहाँ यी आँखा जुधेथे
बिझाउँछ आज त्यो ठाउँ जहाँ कोपिला फुलेथे
के सधैँभरि जिन्दगीलाई झुक्याऊँ यसरी
झुक्याऊँ यसरी
हृदयभरि लिएर व्यथा निदाऊँ कसरी
निदाऊँ कसरी
बिर्सिऊँ भने सम्झाई दिन्छ तिम्रो त्यो छायाँले
तिम्रो त्यो छायाँले
न बाँच्न दियो न मर्न दियो तिम्रो यो मायाले
तिम्रो यो मायाले तिम्रो यो मायाले
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः तारा देवी